Swornakshar Logo

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइयो मृत्युदण्डको सजाय

१ पुस । काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा विशेष अदालतले मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् । सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा चलिरहेको थियो ।

मुसर्रफ हाल पाकिस्तानमा छैनन् । उनी दुबईमा उपचार गराइरहेका छन् । केही दिनअघि मुसर्रफले एक भिडियो जारी गर्दै आफ्नो खराब स्वास्थ्यको हवाला दिँदै जाँच आयोगलाई आफ्नो अवस्था कस्तो छ भनेर आएर हेर्न आग्रह गरेका थिए ।

मुसर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो ।