Swornakshar Logo

मृतकको संख्या १५ पुग्योः सिन्धुपाल्चोक बस दुर्घटना

२९ मंसिर । काठमाडौं । आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर गणेश खनालले बताए ।

दुर्घटनामा परि मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् ।

मृतकहरुको नामावली

१. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ

२. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की सबिना तामाङ

३. दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ

४. दोलखाको भीमेश्वर नगरपालिकाकी मञ्जु तामाङ

५. रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ

६. भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत

घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर खनालले बताए ।
इन्सपेक्टर खनालका अनुसार धुलिखेल अस्पतालमा २, हेम्स अस्पतालमा ६, केएमसीमा १, सिन्ध सदावहार अस्पताल खाडीचौरमा १ र बाँकी ७ जना बाटोमै रहेका छन् । यस्तै १७ जना घाइतेमध्ये ११ जनाको पहिचान भएको छ ।

दुर्घटना घाइतेहरुको नामावली

आयुषा तामाङ

धनकाजी तामाङ

रञ्जीता तामाङ

हरिमाया तामाङ

दोर्जे तामाङ

सागर तामाङ

दिपक तामाङ

नैना तामाङ

सहचालक गिपलव तामाङ

भक्तपुरका सागर केसी