Bagmati Samachar Logo

हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२६ मंसिर । काठमाडौं । हुम्लाको उत्तरी हिल्सा नाकाबाट याल्वाङतर्फ आउँदै गरेको बा ५ ख ५३८४ नम्बरको टिपर नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहका अनुसार टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका बताएका छन् ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले बताए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ ।