Swornakshar Logo

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

यस संस्करणको पहिलो रेड कार्डु बंगलादेशका कप्तान जमाल बुयानले पाएका छन् ।

२२ मंसिर । काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलको ११ औं मिनेटमा नेपालका सुनिलले बलले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अब यसअघि नै फाइनल प्रवेश गरेको भुटानसँग नेपालले २४ गते फाइनल खेल्नेछ ।

फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४–० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २–१ गोलले पराजित गरेको थियो ।

फाइनलमा नेपाललाई पराजित गर्दै पहिलो सागमा स्वर्ण जित्ने अवसर भुटानलाई हुनेछ भने नेपाललाई लगातार फुटबलम दोस्रो स्वर्ण जित्ने अवसर छ ।

तीनमा जित र एकमा बराबर गर्दै नेपाल १० अंकसहित अंकतालिको पहिलो स्थानमा छ ।

संस्करणको पहिलो रेड कार्ड

बंगलादेशका कप्तानसमेत रहेका ६ नम्बर जर्सीका खेलाडी जमाल बुयानले ुरेड कार्डु पाएका छन् । यो १३ औं सागको पहिलो रेड कार्डु पाएका छन् । उनले रेफ्रीमाथि नै हातपातको प्रयास गरेका थिए ।