Swornakshar Logo

आँचलको साधारणसभामा पत्रकार शर्मासहित ६ स्रष्टा सम्मानित

२१ मंसिर । हेटौडा । मकवानपुरमाको आँचल साहित्य कला पुञ्जले पत्रकार नवराज शर्मा सहित छ जना स्रष्टालाई सम्मान गरेको छ । जिल्लामा रहेको नारी साहित्यकारको संस्थाले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा साहित्यका विभिन्न विधामा योगदान पु¥र्याउने स्रष्टालाई सम्मान गरेको हो ।

पत्रकार नवराज शर्मालाई ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७६ प्रदान गरिएको छ । प्रकाश लम्सालले पिताको स्मृतिमा स्थापना गरेको सम्मानको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ समालोचक तथा कवि डा. विन्दु शर्मालाई प्रदान गरेको छ । समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको पुरस्कारको राशी १० हजार रहेको छ ।

संस्थाकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गरेको हो । पुरस्कारको राशी १० हजार रहेको थियो ।

टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिएको छ । साहित्यकार रुकु कार्कीले पिता तथा माताद्वयको नाममा स्थापना गरेको पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ साहित्यकार आरसी रिजाललाई प्रदान गरिएको छ । संस्थाकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्ष भएकी तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना स्थापना गरेको पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले माता मंगलादेवि श्रेष्ठको स्मृतिमा स्थापना गरेको नवप्रतिभा सम्मानबाट हटियाको त्रिभुवन माविमा कक्षा ८ मा अध्ययनरत इश्वर लुईटेललाई सम्मानित भएका छन् । सम्मानको राशी ३ हजार ५ सय रहेको छ ।

२०६९ साल मंसीर २४ गते स्थापना भएको संस्थाले साहित्य, कला एवम् संस्कृति विकासको लागि मकवानपुर जिल्लामा छरिएर रहेका नारी सर्जकहरुलाई आवद्ध गराउनुको साथै सम्पूर्ण जातजाती, भाषा, कला, संस्कृतिको विकासमा सहयोग पु¥याउने एवम् साहित्यको उन्नयनयमा सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ ।

आँचलका कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार निमेष निखिल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे, हेटौंडा–१० का सदस्य इन्द्र नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभा तथा