Swornakshar Logo

चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

२१ मंसिर । काठमाडौं । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका ४ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परि ५ जानको मृत्य हुनुका साथै ६ जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको प्रहरीले जानकारी दिएको छ।
राप्ती नगरपालिका ४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गम्भीर घाइते अटोका चालकसहित ६ जना मध्ये तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको छ ।