Swornakshar Logo

नेपाल रानाथारू समाजको अध्यक्षमा कृपाराम राना

१८ मंसिर । काठमाडौं । नेपाल रानाथारू समाजको छैठौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा कृपाराम राना चयन भएका छन् । महाअधिवेसनबाट सर्वसम्मत रूपमा कृपाराम राना अध्यक्षमा चयन भएका छन । उनि दोस्रो संबिधान सभामा सभासद थिए ।

महाधिवेशनबाट १५ सदस्यि कार्य समिति चयन भएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा कमल सिंह राना , उपाध्यक्ष ओम प्रकाश राना, महासचिव भक्तराज राना , कोषाध्यक्षमा कन्दकला कुमारी राना , सचिवद्वोय चन्द्रकिरण राना ९ कै० , द्रोपति राना ९ कं० सदस्य रामबेटी राना , साहेब राना , झेली राना , कृष्ण कृमारी राना , गर्भु राना ,शिबकुमार राना ,भागिरथ राना र राम साहेव राना निर्बिरोध चयन भएका छन निर्वाचन कमिटिका सदस्य बन्धु बडायकले बताए ।

१२ बर्ष देखि हुननसकेको महाधिबेसन माननिय नारदमुनि रानाको अथक प्रयासले सम्पन्न भएको हो । महाधिवेशन हुनुभन्दा धेरै अगाडि देखि माननिय रानाले रातदिन मेहनत गरि महाधिवेशन सम्पन्न गराएका हुन ।
नवनिर्वाचित बरिष्टउपाध्यक्ष कमल सिंह राना सबै रानाथारू दाजुभाइ दिदीबहिनी तथा अधिवेसन प्रतिनिधिनहरूलाइ हार्दिक धन्यवाद दिदै भने रानाथारूहरूको अधुरो जातिसुचिकृतको मुद्दालाइ यथासिघ्र आदिवासी जनजातिमा सुचिकृत गर्नकालागि पहल गर्ने छौ । उनले संस्थाको संघिया संरचना अनुसार विधान शंसोधन गर्नकालागि पहल गर्ने बताए । समयमै संस्थाको प्रदेश ,जिल्ला र स्थानिय अधिवेसन सम्पन्न गर्नका लागि प्रतिबध्दता व्यक्त गरेका छन । साथै उनले अगामि ३ वर्ष भित्र समयमै महाधिवेसन गर्ने बताए ।