Swornakshar Logo

कुलपुजा गर्न बागलुङ हिँडेकाे जीप दुर्घटना, १४ जनाकाे मृत्यु

बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र प्रसाद भट्टराइ अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । एक जना वेपत्ता रहेका छन् । अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ । उद्धार कार्य जारी रहेको छ । जीपमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

घाईतेलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी गरिएको बडिगाड गाउपालिका अध्यक्ष मेयरसिङ पाइजाले बताए । आज बिहान १० बजेको समयमा दुर्घटना भएको हो ।