ताजा अपडेट
समाचार

महोत्तरीमा उमेदवारको घरमा बम विष्फोट

महोत्तरीमा उमेदवारको घरमा बम विष्फोट

महोत्तरीको पिपरा गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्षको उमेदवारी दिएका विक्रम चौधरीको घरमा बिहीबार अपरान्ह बम विष्फोट भएको छ । गाउँपालिका(४ स्थित उनको घरपछाडि बम विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सोही घरमा चौधरीले प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालयसमेत संचालन गरेका थिए । ठूलो आवाजसहित विष्फोट भएको स्थानीयले बताएका छन् । उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विष्फोट भएको हो ।

विष्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विष्फोट भएको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…