Swornakshar Logo

महोत्तरीमा उमेदवारको घरमा बम विष्फोट

महोत्तरीको पिपरा गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्षको उमेदवारी दिएका विक्रम चौधरीको घरमा बिहीबार अपरान्ह बम विष्फोट भएको छ । गाउँपालिका(४ स्थित उनको घरपछाडि बम विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सोही घरमा चौधरीले प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालयसमेत संचालन गरेका थिए । ठूलो आवाजसहित विष्फोट भएको स्थानीयले बताएका छन् । उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विष्फोट भएको हो ।

विष्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विष्फोट भएको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।