प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी लिन राष्ट्रपति शिक्षण अस्पताल

१२ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।
राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको उपचार र स्वास्थ्यस्थितिको बारेमा जानकारी लिन बिहीबार बेलुका ७.४० बजे शिक्षण अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
थापाले हस्ताक्षर गरेको प्रेस नोटमा लेखिएको छ, राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुशी र सन्तोष व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेकी छन् ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: