Swornakshar Logo

प्रधानमन्त्री ओलीको अप्रेसन सफल

१० मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको अप्रेसन त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा १२ः४५ बजे सम्पन्न भएको बताए ।

एपेन्डिसाइटिसको अप्रेसन सफल भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल मिर्गौला प्रत्यारोपण नहुने भएको छ । प्रधानमन्त्री ओलीलाई अचानक एपेन्डिसाइटिस भएर अपरेसन गर्नुपरेका कारण मिर्गौला पत्यारोपण ढिलाइ हुने डा. पुष्पमणि खरालले बताए ।

डा. खरालका अनुसार एपेन्डिसाइटिसको अपरेसन भनेको मझौला स्तरको अपरेसन हो, ठूलो अपरेसन होइन, यस्तो अपरेसनको २ हप्ताभित्रमा पूर्ण निको हुन सक्छ । एउटा अपरेसन गरिएको पूर्ण निको नभई अर्को अपरेसन गरिँदैन’, डा. खरालले बताए ।

ओलीको १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएपछि पछिल्लो एक महिनामा चार पटक हेमोडायलासिस गरिसकिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि फेरि प्रत्यारोपणको तयारी हुँदैछ ।