Swornakshar Logo

प्रधानमन्त्री ओली फेरि स्वास्थ्य परीक्षणमा

८ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलासिस ग्राण्डी अस्पतालमा भइरहेको छ । डायलासिसबाहेक अन्य विकल्पका बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरूले छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा दुई पटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् । उनको मिर्गौला पुनः प्रत्यारोपणको विकल्पका बारे पनि छलफल भइरहेको स्रोतले बताएको छ ।