Swornakshar Logo

वडाध्यक्षले शिक्षक बनाइदिने भन्दै खसी घूस लिए

६ मंसिर । काठमाडौं । एक वडाध्यक्षले शिक्षक बनाइदिने भन्दै खसी मागेको कुरा खुलेको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– ८ का वडाध्यक्ष जनकबहादुर केसीले विद्यालयमा शिक्षिका नियुक्त गरिदिने भन्दै बिमला केसीसँग खसी घूस लिएको बताइएको छ । बालबिकासमा शिक्षक बनाइदिने भन्दै स्थानीय महिलाबाट खसी मागेको आरोप छ ।

विद्यालयले बालशिक्षाका लागि आवेदन माग गरेपछि वडाध्यक्ष जनकबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्ध सहकारी र प्रधानाध्यापक आशा सहकारीले शिक्षिका बनाउने भन्दै खसी खाएर नियुक्ती पनि दिए तर स्कुलमा हाजिर हुन नदिएको बिमलाले बताइन् ।

वडाध्यक्ष सहितको टोलीले बालविकासमा शिक्षिका नियुक्त गरिदिने भन्दै खसी काटेर खानु भएको हो’ उनले बताइन । वडाअध्यक्ष केसीले स्थानीय लालिगुराँस आधारभूत विद्यालयमा बालशिक्षामा जागिर लयाइदिने भन्दै १४ हजार मूल्यबराबरको खरिद र मदिरा खाएको बिमलाले आरोप लगाएकी छन् । उनले भनिन्, तीन वर्ष निजी स्रोतबाट विद्यालयमा पढाए पनि स्थानीय तहको चुनावपछि मलाई स्रोतले नधानेको भन्दै हटाइएको थियो ।

अध्यापन अनुमतिपत्र नभएकोबारे वडाध्यक्षलाई पहिल्यै भनेको थिए, तर उहाँले कुरा मिल्छ भन्दै खसी काट्न लगाए’, उनले भनिन् । पहिलोपटक नियुक्ति गर्दा कुखुरा खाएका वडाध्यक्षसहितको टोलीले भदौको नियुक्ति दिँदा १० हजारको खसी २ हजारको कुखुरा खाएको विमलाले बताइन् ।

वडाध्यक्ष केसीले बिमलाको जागिरका लागि पहल गरिरहेको बताए । अरुको अध्यापन अनुमतिपत्र भए पनि ल्याउनुस् भनेको अध्यक्ष केसीले बताए । उहाँले अनुमतिपत्र ल्याउनु भएन’ उनले भने, ‘नियुक्ति दिइएकाले जसरी पनि बिमलालाई जागिर दिन्छौं ।’

बिमला नियुक्ति भएको खुशियालीमा खसी काटेर खाएको अध्यक्ष केसीले स्वीकार गरे । विद्यालयका प्रधानाध्यापक आशा सहकारीले बालशिक्षामा शिक्षक नियुक्त नभएको बताइन् ।

उनले बिमलालाई भदौ महिनामा नियुक्ति दिएको भए पनि लाइसेन्स नहुँदा विद्यालयमा हाजिर नगराइएको बताइन् । ‘नियुक्ति दिइसकेको भए पनि आशाको लाइसेन्स नभएकाले आफूहरूले पुनः विज्ञापन गरिएको छ,’ उनले भनिन् ।