Bagmati Samachar Logo

एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैनौंः प्रधानमन्त्री

१ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाएका छन् ।

अघिल्लो सताब्दी देखि नै नेपालको सिमा मिच्ने काम भएको उल्लेख गर्दै उनले सिमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफुलाई हिरो देखाउन उचाल्ने काम गरेको भएपनि वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको बताए । उनले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका छन् । उनले भने, जनताको देश भक्त सरकार हो । त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । हामीलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले संवाद मार्फत सिमा सम्बन्धि समस्या समाधान गर्ने बताए । कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उनले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको उल्लेख गरे । उनले भने, ुयो सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।ु

नेपालको सिमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उनले खुसी व्यक्त गरे । पछिल्लो समय राजनीतिक पुर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताए ।

उनले भने, ुदुनियाँमा एउटा आईडोलोजिक क्लास छ । आईडोलोजिक पुर्वाग्रह छ । नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ । एउटा विरोध आईडोलोजिक । कम्युनिस्ट सरकार छ । त्यसकारण विरोध गर्नुपर्छ । जे गरेपनि विरोध गर्नुपर्छ । जसो गरेपनि विरोध गर्नुपर्छ । गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ । बैचारिक पुर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ । अर्को मैले केही पाईन । मैले केही पाएको छैन । मैले भने जस्तो पाईन । मैले पाउनुपर्ने मैले नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रीत स्वार्थी विरोध छ । यो दुईवटै विरोध उचित छैन ।ु

उनले नाफाको निर्मम निर्दयी पूँजीवादी प्रणाली र जनतालाई माया गर्ने समतामुलक, न्यायपुर्ण तथा मानवतावादी समाजवादी प्रणालीबीच अहिले पनि बैचारिक र व्यवहारिक संघर्ष कायम रहेको उल्लेख गरे । उनले सिद्धान्तको जग नै नाफा कमाईमा रहेको पूँजीवाद असक्त अवस्थामा रहेको र वास्तविक सिद्धान्तमा अडिन नसकेको टिप्पणी गरे ।

उनले भने, पूँजीवाद अहिले लौरो टेकेर लडखडाएको स्थितिमा छ यद्यपि फाईफुईँ धेरै छ । हिजोको वरिजनल पूँजीवादको अवस्थामा रहन सकेको छैन । अस्तित्व रक्षाका लागि कतिपय समाजवादका विचारहरु, लक्ष्यहरु सापटी लिएर, त्यहाँबाट तानेर पूँजीवादले आफ्नौ मौलिक प्रवृत्तिलाई छोडेर समाजवादका कुराहरुलाई अंगालेको छ । फेरी पनि पूँजीवाद क्राईसिसमा छ ।ु

केही कमी कमजोरी भएपनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भएपनि शासक स्वीकार्नुपर्ने विगतको जस्तो बाध्यता नभएको भन्दै उनले श्रृजनात्मक सोचका साथ काम गर्न निर्देशन दिए । काम नगरिकनै पैसा कमाउने संस्कारको विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले त्यस किसिमको प्रवृत्तिबाट जोखिन युवाहरुलाई सचेत गराए ।

उनले भने, सकारात्मक सोच र श्रृजनात्मक काम गर्नु पर्दछ । कामलाई माया र सम्मान गर्ने संस्कृति बढाउनुपरेको छ । हाम्रोमा के चलन चल्न खोजेको छ भने, मेहनतको आम्दानी होइन सहज आम्दानी । यस्ता कुराहरुबाट हामी जोगिनु पर्छ ।ु

केही वर्ष अघिसम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दै उनले वर्तमान अवस्थमा भने मुलुकमा पुर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको बताए ।

उनले भने, राष्ट्रियताको पक्षमा उभिदिने सरकार भइदिए कस्तो हुन्थ्यो भन्ने एउटा सपना थियो । राष्ट्रिय हितको पक्षमा बोलिदिने, राष्ट्रिय अडान लिने, सार्वभौमसत्ताको अडान लिने, स्वाधिनताको अडान लिने यस्तो सरकार भइदिए हुन्थ्यो भन्ने मृगतृष्णा थियो । आकांक्षा थियो । आज देशको अग्रभागमा भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा, राष्ट्रिय हितको पक्षमा दृढ उभिने सरकार छ ।ु

उनले अझै पनि बोक्सीको नाममा महिलाहरुले कुटाइखाने, विवाहको नाममा बेचिने क्रम चलेको भन्दै जोर जुलुम भन्दा जागरण अभियान चलाउने काममा लाग्न युवाहरुलाई निर्देशन दिए ।