Swornakshar Logo

बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किंदै

२९ कार्तिक । काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको राजकीय भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । नेपाल राष्ट्रपतिको निमन्त्रणामा आएका हमिद आज साँझ पाँच बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले बताएको छ ।

मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किनुअघि चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ ।

राष्ट्रपति अब्दुल हमिदको विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल जाने कार्यक्रम छ ।