Swornakshar Logo

नेपाली महिला भलिबललाई ऐतिहासिक उपाधी

२७ कार्तिक । काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ । यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।

ढाकामा बिहिबार सम्पन्न प्रतियोगितामा नेपालले ऐतिहासिक उपाधि उचालेको छ ।

यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको फाइनलमा माल्दिभ्सलाई ३ – ० को सोझो सेटमा हराउँदै नेपालले उपाधि जितेको थियो ।

नेपालले माल्दिभ्सलाई २५ – १३,२५ – १२ र २५ – ८ को सेटमा हराएको थियो ।