Swornakshar Logo

प्रधानमन्त्रीका मुख्य सल्लाहकार देखि प्रेस सल्लाहकार सम्मले राजीनामा दिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुने भएको छ । उहाँले कहिलेसम्ममा मत्रिपरिषद् पुनर्गठन गरिसक्ने भन्नेबारे स्पष्ट भने भइसकेको छैन । यद्यपि प्रधानमन्त्री ओलीले यसको तयारी भने थाल्नुभएको छ ।

पुनर्गठनमा प्रधानमन्त्रीलाई सहज बनाउनका लागि प्रधानमन्त्री ओलीको सचिवालयलका सबै सदस्यले राजीनामा दिनेसमेत खुलेको छ । स्रोतका अनुसार मंसिरबाट लागू हुने गरी सबै सदस्यहरुले स्वएच्छिक रुपमा राजीनामा दिने भएका हुन् ।

जसमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसमेतले राजिनामा दिनेछन् ।