Swornakshar Logo

कालापानी र लिपुलेक नेपालको अभिभाज्य भूमि : कांग्रेस

कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे बताएको छ । नेपालको भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग यसबारेमा टेलिफोन संवाद गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका । शर्माले जारी गरेको विज्ञप्तिमा देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको उल्लेख छ । 

‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ,’ विज्ञप्तिमा भनिएको छ ।