Swornakshar Logo

हेटौंडामा विन्दवासिनीलाई एसीड प्रहार गर्ने दिलीपराज केशरी ६ वर्षपछी पक्राउ

१५ कार्तिक । हेटौंडा । ६ बर्ष अगाढी हेटौंडाकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीको सहयोगमा अभियुक्तलाई ६ वर्ष पछी पक्राउ गर्न सफल भएको हो ।
२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसीड प्रहार गरी भारतमा लुकेर बसेका दिलीपराज केशरीलाई बारा प्रहरीले आज पक्राउ गरेको हो । बारा प्रहरीले पक्राउ गरे लगतै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनलाई राखिएको छ ।

यो ६ वर्षको अवधिमा मकवानपुरमा प्रहरी प्रमुख धेरै फेरीए तर, दिलीपराज केसरीलाई पक्राउ गर्न सकिएको थिएन । उनी नेपाल र भारत ओहोर दोहोर गर्दै आएका थिए । तर, आज भने बारामा आएको समयमा प्रहरीले पक्राउ गर्न सफल भएको बारा प्रहरी श्रोतले जनाएको छ ।

विन्दवासीनीका पीडादायी ६ वर्ष
सानै उमेरमा चोट, हण्डर र ठक्करको सामना गर्न पुगेकी विन्दवासिनी कंसाकार मास्क, स्काप, चस्मा अनि क्याप लगाएर हेटौंडाको सडकमा हिडेको देख्नेहरु दोहो¥याएर वा तेहे¥याएर हेर्ने गर्छन् । कतिपय दयाभाव देखाउछन्, चुकचुकाउछन् र सहानुभूति पनि दिन्छन् ।

आत्मविश्वास सहित लक्ष्य प्राप्तिका लागि यात्रारत विन्दवासिनीलाई चाहिएको छ त केवल “न्याय” । एक भारतीय नागरिकको विवाहको प्रस्ताव अस्वीकार गर्दा ६ वर्ष अघि तेजाव आक्रमणमा परी शारीरिक एवं मानसिक चोटले गम्भिर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाईमा अनवरत छिन् ।

“फूपुको छोराको मिल्ने साथीको रुपमा परिचय भएको भारतीय नागरिक राज केशरीसंग विन्दवासिनीको पहिलो भेट उही फूपुको छोराको विवाहमा भएको थियो । त्यसपछि कहिलेकाही फाट्टफुट्ट भेट भइ रहने केशरी फूपुको घरमा बराबर आइरहन्थ्यो । महिला त्यसमा पनि केटीहरुसंग अलि बढि नै नजिकिन खोज्ने स्वभावको केशरी त्यसपछि भने हेटौंडाको मेनराडमा अवस्थित विन्दवासिनीको पसलमा पनि आउन थाल्यो । कलेज जाँदा , ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाल्यो । अनावश्यक फोनकलहरु गर्न थाल्यो । फोनबाटै प्रेम प्रस्ताव राख्न भ्याएको केशरीले एक दिन त विन्दवासिनीलाई विवाहको प्रस्ताव समेत राख्यो ।

आफूसंग विवाह गरे रानी बनाएर राख्ने आश्वासन दिने केशरीलाई विन्दवासिनीले आफू उसंग विवाह गर्न नसक्ने कुरा बताउदै सम्झाउने प्रयास गरिन् तर , उसले आफूलाई त्यसै गरी प्रस्तुत गरी नै रह्यो । केशरीले दैनिकी नै असर पार्ने गरी पटक पटक भेट्ने र विवाहको प्रस्ताव स्वीकार्न बाध्य पार्न थालेपछि विन्दवासिनीले सबै कुरा आफ्नो परिवारमा राखिन् । भोली पल्ट बिहानै पसलमा बसिरहेकी विन्दवासिनीलाई भेट्न आएको केशरीलाई विन्दवासिनीका बुबा मधुसुधनले राम्रोसंग सम्झाए । त्यतिखेर सबै कुरा सम्झेझैँ गरेर पसलबाट बाहिरीएको केशरी उसको मिल्ने साथी अर्थात विन्दवासिनीको फूपुको छोरासंग मेलामा स्टल राख्न चितवन गयो ।

बैशाख ९ ममिबाबाको विवाह भएको दिन, विवाह उत्सवलाई भब्यसंग मनाउने तयारी हँुदै थियो । विन्दवासिनी पसलमा बसिरहेको समयमा आएर एसीड छ्यापेर केशरी फरार भएको थियो । त्यतीवेला एकाएक पसल अगाडि केशरी देखा प¥यो, विन्दवासिनीले नदेखेझै गरिन् । हातमा महको बट्टा बोकेको केशरी हँसिलो अनुहार पारेर फेरी कतै हरायो । एक्कै छिन पछि फेरी हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आयो ।

यो मह घरमा देउ ल यति भनेर उसले बिर्को खोल्यो । के गर्ने कसो गर्ने असमाञ्जस्यमा परेकी विन्दवासिनीले केही सोच्नै नपाइकन त्यो मह भनिएको वस्तु अनुहार तिर छ्यापेर केशरी त्यहाँबाट भाग्यो । आफू तर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी विन्दवासिनीले भत्भती पोल्न थालेपछि चिच्याउन थालिन् । विन्दवासिनीको चिच्चाहट सुनेर बुबा ,आमा ,दाइ आत्तिदै आए । छोरीको अनुहारमा कसैले तेजाव खन्याइ दिएको थाहा पाएका बाबुले रुँदै कराउँदै पानी खन्याउन थाले । अत्तालिएका मधुसुधनले छोरीको जिउमा ट्यांकी रित्याउञ्जेल सम्म पानी खन्याए । कक्षा १२ मा अध्ययनरत १९ वर्र्षीय विन्दवासिनीको त्यस दिनदेखिको ३ वर्ष नेपाल तथा भारतका विभिन्न अस्पतालहरुमा वित्यो भने आज सम्म पनि उपचार जारी नै छ । उपचारमा झण्डै साठी लाख माथिको रकम खर्च भयो र खर्च हुने क्रम पनि जारी नै छ । सुन्दर भविष्यको कल्पना सहित सफलता तर्फ दौडिरहेको दैनिकी एकाएक रोदन र छटपटाहटमा परिणत भयो ” ।

दाइको साथीको रुपमा परिचय भएर आएको व्यक्ती नै आफ्नो जीवनको सबै भन्दा ठूलो पीडाको कारक बनेपछि विगतदेखि नै न्याय माग्दै आएकी कंसाकारले आँखा चिम्लेर ननिदाएको ६ वर्ष भयो । केशरीले तेजाव खन्याएर बेपत्ता भए पछि ५ वटा नारी दिवशहरु मनाइए , सोही सङ्ख्यामा महिला हिंसा विरुद्धको अभियान र कार्यक्रमहरु मनाइए । तर यो अवधिमा नत केशरी पक्राउ परे नत कंसाकारले न्याय प्राप्त गर्ने आधार तय भयो । विन्दवासिनीका अनुसार तेजावले अनुहार , छाती र शरीरका कतिपय अंगहरु जलाएपछि उपचारमा लाखौं खर्च भएको र उपचार पश्चात धेरै हद सम्म निको भएपनि तेजावले खाएर च्यातीएको आँखाको डिल नजोडिएर आँखा चिम्लीन वा झिम्क्याउन मिल्दैन । “

त्यो मात्रै होइन तेजावले दिएको पीडा त कति छ कति ? त्यो भन्दा ठूलो पीडा त अहिले सम्म दोषी पत्ता लागेर समेत पक्राउ नपर्नु हो ” विन्दवासिनीले भन्नुभयो । जति पटक प्रहरी कार्यालयमा जादा पनि भारतमा भएर पक्राउ गर्न नमिलेको जवाफले आफु दिक्क भएको विन्दवासिनीको गुनासो छ । सन्धी सम्झौताका कारण पक्राउ गर्न मिल्दैन भन्नुहुन्छ । “अपराधीलाई समेत पक्राउ गर्न नमिल्ने कस्तो खालको सम्झौता हो ” उहाँ प्रश्न गर्नु हुन्छ ।

सफल व्यवसायी र समाजसेवी बन्ने लक्ष्य लिएकी विन्दवासिनीको तेजावले खाएको ठाउँमा दैनिक लगाउनुपर्ने विभिन्न क्रिम तथा आँखामा लगाउने ड्रब लगायत औषधीको मासिक खर्च २० हजार छ । वाणिज्यमा स्नातक गरेकी विन्दवासिनीलाई सरकारले न्यायसंगै तेजाव पीडितहरुका लागि समाजमा स्थापित हुन अन्य सहयोग गरोस् भन्ने लागेको छ । हालसम्म सरकारका तर्फबाट कुनै सहयोग नपाएकी विन्दवासिनी देशमा न्याय मरेको छैन भन्ने प्रमाणित गर्न सबै भन्दा पहिले दोषीलाई पक्राउ गरोस् भन्ने चाहानुहुन्छ ।

तेजाव आक्रमण गर्नेलाई आजिवन कारावासको सजाय हुनुपर्ने माग राख्ने विन्दवासिनी तेजावको सहज बिक्री वितरणलाई नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । आक्रमणका आरोपित केशरी भारत बिहार घर भई हेटौंडामा व्यापार गरेर बस्थे । आफूलाई नेपाली चलचित्रको कलाकार समेत बताउने केशरी चतुर र विपरीत लिङ्गीको सवालमा अलिबढी नै “क्रेजी” हुन्थे भन्नुहुन्छ ,केशरीसंग केही समय संगत गर्नु भएकी एक महिला । नाम नबताउने सर्तमा उहाँ भन्नुहुन्छ “उ आफूलाई निक्कै नै स्मार्ट देखाउनुपर्ने र कुनै न कुनै निउ बनाएर केटीहरुसंग नजिकिन खोज्ने बानी भएको मान्छे थियो ,ठूलो अपराधी पो रहेछ ” ।