Swornakshar Logo

प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज हुदै

१४ कार्तिक । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार दिउसो पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई बुधबार ग्राण्डी अस्पताल लगिएको थियो । प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको थियो ।

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा अध्यक्ष प्रचण्ड,प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भिम रावलसहित नेताहरु अस्पताल पुगेका थिए ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस सफल भएको छ । बुधबार पनि प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराएका थिए ।यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि पुगेका थिए ।

प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो । उनको सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो ।

सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरेर उनी गत भदौ २० गते काठमाडौं फर्किएका थिए । सिंगापुरमा ओलीको उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्जस्थित शिक्षण अस्पतालमा झिकिएको थियो ।