Swornakshar Logo

ज्ञानेन्द्र मल्ल अब राष्ट्रिय क्रिकेट टिमको कप्तान

१३ कार्तिक । काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ललाई बनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।
संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले पद छाड्ने घोषणा गरेका थिए । एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरेका खड्कासँगै मल्ल उपकप्तानको भूमिकामा थिए । त्यस्तै संघले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । यू–१९ टिममा कप्तान रहिसकेका उनको फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेको अनुभव छ ।

संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी बाँडफाँडबारे जानकारी गराएको छ ।