Swornakshar Logo

समृद्धि र बिकासका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

८ कार्तिक । विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धि र विकासको बाटोतर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ, पार्टीभित्रै नेताहरुबीच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ । ‘

उहाँले पार्टी एकतालार्इ बलियो बनाएर मात्रै राष्ट्रलार्इ बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न सक्ने बताउनुभयो । अध्यक्षले बिचार मिलेर नै पार्टी एकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अगाडि बढ्न खोजीरहेका छौं । अगाडि बढ्दा इतिहासलार्इ मेटेर होइन, इतिहासका राम्रा कुरालार्इ आत्मासात गरे अझ माथि उठ्ने हो ।’ अध्यक्ष प्रचण्डले पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको बिकल्प नरहेको बताउनुभयो ।

यसअघिका अनुभवलाई आत्मसाथ गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने प्रचण्डको भनाई थियो । उहाँले एकतालाई आखाँको नानी जस्तै प्यारो मानेर अघि बढ्नुपर्ने भन्दै भन्नुभयो, ‘अप्ठेरो छ, तर त्यही अप्ठेरोलाई चिर्दै अघि बढ्नुपर्छ । ‘