Swornakshar Logo

काठमाडौंमा विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते

६ असोज । काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा एक निजी विद्यालयको छानो भत्किँदा ३९ जना विद्यार्थी घाइते भएका छन् । जितपुरमा रहेको विद्याकुञ्ज इंग्लिश सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार घाइते सबैको उद्धार गरेर मेडिसिटी अस्पताल लगिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको एसएसपी सुवेदीले बताए ।

विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।