Swornakshar Logo

महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

३ कार्तिक । काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

महरासँग करिब ७ घण्टा बयानपछि उनलाई आइतवार अदालत पेस गरेको थियो । उनलाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो । यसअघि १३ दिनको म्याद पाएको प्रहरीले दोस्रो पटक ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।