Swornakshar Logo

मकवानपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, दुईजना घाइते

३० असोज । हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा गएराती धारिलो हतियार प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ । सोहि क्रममा दुईजना घाईते भएका छन् ।

गएराति घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लाई सोही ठाउँमा बस्ने ५० बर्षीय सुक बहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताए । घाईते भएकी सन्तमायाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा राती दश वजे मृत्यु भएको हो । पाख्रिनले धारिलो हतियार प्रहार गरी थप २ जना घाइते बनाएका छन् । लामो समयदेखि आपसी झै झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसंधानबाट खुलेको छ ।

घाइते हुनेमा मुतकको श्रीमान ५५ बर्षीय काल बहादुर लो र स्थानीय २६ बर्षीया दिबिमाया मोक्तान रहेका छन् । उनिहरुको टाउको र निधारमा चोट रहेको र घाइते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गएरातीनै पाख्रिनलाई हतियार सहित पक्राउ गरिसकेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनिमाथि थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले बताए ।