Swornakshar Logo

राष्ट्रपति सी भ्रमणले नेपाल–भारत–चीन साझेदारीको आधार तयारः प्रचण्ड

२९ असोज । काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको आधार तयार भएको बताएका छन्।

बुधबार नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रचण्डले भने ‘सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको आधार तयार भएको छ ।’

‘राष्ट्रपति सी भ्रमणले विश्वास र सद्भावलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ प्रचण्डले भने, ‘भ्रमणका बेला भएका सहमति र समझदारीले नेपाललाई उज्वल भविष्यतिर लैजान सघाउँछ।’

उनले छिमेकी देशका विकासबाट नेपाल लाभान्वित हुन सक्ने राजनीतिक विश्वास सी भ्रमणबाट प्राप्त भएको पनि उल्लेख गरेका छन्। ‘नेपाल–चीन–भारत साझेदारीको आधार तयार हुँदै गएको छ,’ उनले भने।