Swornakshar Logo

पत्रकारले बालाई पनि तपाई भन्दैनन्ः प्रधानमन्त्री ओली

२८ असोज । काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरु बालाई पनि तपाई भन्दैनन् भन्दै पत्रकारको आलोचना गरे ।

पत्रपत्रिकामा राष्ट्रपति, प्रधानमन्त्री आदिको समाचार आउँदा ‘तपाई’ ‘भन्नुभयो’ इत्यादि शब्दहरुको प्रयोग नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘पत्रकारले बालाई पनि तपाई भन्दैन । तिमीभन्दा माथि उठ्दैन ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘अंग्रेजीको यु को लोभ लागेर, अर्काको एउटा यु भन्ने शब्द लोभ लागेर बालाई तपाई भन्दा गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, युरोवालाहरु युले काम चलाउँछन् । सभ्यता त त्यो रहेछ भन्ने भ्रम परेको छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मलेन’ लाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले चीन, नेपाल र दक्षिण एशिया सभ्यताको केन्द्र रहेको बताए ।

उनले भने ‘मैले भन्ने ग¥या छु ठूलाठूला समृद्ध देशका मान्छेहरु हातमा ढुंगा बोकेर शिकारको खोजीमा हिँड्दै गरेका बेला हाम्रा साहित्यकारहरु वेदको रचना गर्दै थिए। हाम्रा साहित्यकारहरु नाटकको रचना गर्दै थिए । हाम्रा साहित्यकारहरु उपनिषदको रचना गर्दै थिए।’
प्रधानमन्त्री ओलीले भने, ‘हामी दुनियाँलाई उत्पादनको नयाँ तरिका बताइराख्या हुन्थ्यौं । हामी व्यापार सिकाइराख्या हुन्थ्यौं । हामी सिल्क रोडको निर्माण गरिराख्या हुन्थ्यौं । हामाी बाजाहरु बजाइराख्या हुन्थ्यौं । गाइराख्या, नाचिराख्या हुन्थ्यौं ।

साहित्य र कलाका विषयमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी आफैंले हाम्रा गौरवपूर्ण कुराहरुलाई बिर्सियौं भने अरुलाई के सिकाउँछौं ? हामी आफैं अरुका पछाडि लहैलहैमा कुद्दै जान्छौं, कुद्दै जान्छौं, जब भत्किइसक्यो सबै‘ । नराम्रा कुराहरु नअपनाऔं । नराम्रा छोड्दै जानुपर्छ । तर, नराम्रा भन्दा राम्रा कुराहरु हामीसँग धेरै छन् ।’
प्रधानमन्त्री ओलीले वेद र उपनिषदकालीन समाजको प्रशंशा र अहिलेको समाजको निन्दा गरे । उनले भने, ‘अहिले हामीले नेपाली समाज हे¥यौं भने, सामाजिक सञ्जाल हेर्‍यौं भने, सभ्यताका पर्खालहरु बाङबुङ भत्काइएको छ । शिष्टता, मर्यादा, केही पनि छैन ।’

अहिलेको समाजमा सभ्यता भत्किएको र उपनिषदकालीन समाज सभ्य रहेको तर्क गरेका प्रधानमन्त्री ओलीले देशमा राजनीतिक परिवर्तन भए पनि पुरानो धङधङी अझै गइ नसकेको बताए ।

प्रधानमन्त्रीले भने ‘हाम्रोजस्तो देशमा परिवर्तन भयो, थिति नबस्दाका धङधङीहरु छँदैछन् । हामी हिजोकै आदत, अथवा हिजोका आदत र परिवर्तित सन्दर्भमा छुटहरुलाई बेठीक ढंगले बुझ्ने प्रवृत्ति पनि छँदैछ । आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ । किनभने, यसले अबको बाटो के हो भनेर जसरी समग्रतालाई समाउनुपर्ने, त्यो समाउन सकिराखेको छैन ।’