Swornakshar Logo

हत्या आरोपी अफताब आलम सांसद पदबाट निलम्बित

२७ असोज । काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका अफताब आलममाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको बताएको छ ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।