Swornakshar Logo

सभामुख महरालाई अस्पतालबाटै अदालत लगिने

२७ असोज । काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अस्पतालबाटै अदालत लग्ने भएको छ । महराको स्वासप्रस्वासमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनलाई अस्पतालबाटै अदालत लैजाने छ ।

सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा काम गर्ने महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । महरालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत हाजिर गराउन लागिएको महानगरीय काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले बताए । महरालाई थुनामा राखेर थप अनुसन्धानको गरिने सुवेदीले बताए ।

संसद सचिवालयमा काम गर्ने रोशनी शाहीले आफ्नो डेरामा राति आएर महराले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । १९ असोजमा जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो ।