चिनियाँ राष्ट्रपति र नेकपा नेताहरुबीचको सामूहिक भेटवार्ताः फोटो फिचर

२६ असोज । काठमाडौं । आइबार बिहान सोल्टी होटलमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ । सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली भने सो भेटवार्तामा सहभागी छैनन् ।

भेटवार्ता सकिन बित्तिकै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको थियो ।


शनिबार दुई दिने नेपाल भ्रमणको सिलसिलामा आएका सी आइतबार दिउँसो स्वदेश फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस्: