Swornakshar Logo

सीलाई रात्रीभोजमा नेपाली मौलिक परिकार खुवाइने

२५ असोज । काठमाडौं । नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा सोल्टी होटलमा रात्रीभोज आयोजना गरिएको छ । रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, स्थानीय निकायका जनप्रतिनिधिदेखि विभ्न्नि दलका नेता तथा उच्च पदस्त कर्मचारीहरु सहभागी रहेका छन् ।

चिनियाँ राष्ट्रपति सीलाई रात्रीभोजमा केही नेपाली मौलिक परिकार खुवाइने छ ।

मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइनेछ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइनेछ । साथै युरोपियन र चाइनिज परिकार दिइनेछ ।

अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिनेछ ।

यस्तो रहेको छ रात्रीभोजको मेन्यूः