Swornakshar Logo

यसरी गरियो चिनियाँ राष्ट्रपति सीको स्वागत

२५ असोज । काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका छन् । उनी विशेष विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

सी चिनफिङलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेकि थिइन् ।

त्यसै गरि सीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषद्का सबै सदस्यले स्वागत गरेका छन् ।