ताजा अपडेट
समाचार

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति शीतल निवासमा भेटवार्ता सुरु

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति शीतल निवासमा भेटवार्ता सुरु
/fi6«klt ;L zLtn lgjf;df sf7df8f}F, @% c;f]h -/f;;_ rLgsf /fi6«klt ;L lrglkmªnfO{ /fi6«klt lgjf; zLtn lgjf;df zlgaf/ ;fFem :jfut ug'{x'Fb} /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /f]zg ;fksf]6f

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शितल निवासमा भेटवार्ता सुरु भएकाे छ । शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको छ । 

भेटवार्तामा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी ले दुइदेशबीच लामो समयदेखि असल र प्रगाढ सम्बन्ध रहिआएको र यसलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ ।

भेटमा चिनियाँ राष्ट्रपति सी ले नेपाल चीनको अत्यन्तै नजिकको मित्र भएकाले जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको बताएको शितल निवासले जनाएको छ । 

 नेपालको दुईदिने भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभएकाे थियाे । त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो । 

राष्ट्रिपति भण्डारीले  चिनियाँ राष्ट्रपतिकाे सम्मानमा रात्रीभाेजकाे पनि आयाेजना गर्नुभएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…