Swornakshar Logo

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

२४ असोज । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (२५ असोज) मा नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानस्वरूप सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । सी आईतबार साँझ नै चीन फर्कनेछन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गर्ने गरेको छ ।