Swornakshar Logo

महरा प्रकरणपछि छुट्टिए रोशनी शाहीका श्रीमान श्रीमती

१६ असोज । काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाउने संसद् सचिवालयकी रोशनी शाहीका श्रीमान श्रीमती अलग भएका छन्।

महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाहीका श्रीमान श्रीमतीबीच सम्बन्धविच्छेदको प्रक्रिया अघि बढेको छ ।

रोशनीका श्रीमान चित्रजंगले बिहीबार बिहान सामाजिक सञ्जालमा श्रीमान श्रीमती अलग बस्ने निर्णय भएको पत्र सार्वजनिक गरेका हुन् । उनले पत्रमा लेखेका छन्, ‘प्रीयजनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशीसाथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ ।’ पत्रमा श्रीमान श्रीमती दुबैले हस्ताक्षर गरेका छन् ।

रोशनी शाहीले सभामुख महरा आइतबार राति आफ्नो डेरामा आएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर पछिल्लो समय एकाएक शाहीको बोली फेरिएको छ ।

पछिल्लो समय उनले महरा आफ्नो अभिभावक समान भएको भन्दै कुनै यौन दुव्र्यवहार नगरेको बताइरहेकी छिन् ।