Swornakshar Logo

स्क्रब टाइफसको सङ्क्रमणबाट चितवनमा दुई जनाको मृत्यु, ९९ जना सङ्क्रमित

१५ असोज । काठमाडौं । चितवनमा स्क्रब टाइफसको जाँच गराउँदा एक हजार २८ जनामा परीक्षण गर्दा ९९ जनामा टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले बताए । त्यसै गरि स्क्रब टाइफसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंँडाकोटकी एक महिला र रौतहटका एक पुरुष रहेको केसीले बताए ।

साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको र ९९ जनामा सङ्क्रमण देखिएको पनि बताएका छन्।

जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका जिल्लाका रहेका छन् ।

स्क्रब टाइफस मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस)लाई सङ्क्रमणमा पार्दछ । ती सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् ।

यी सङ्क्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले बताए । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा सङ्क्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

आर्थिक वर्ष २०७४÷७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो । केसीका अनुसार ११ हजार ९२७ जनामा परीक्षण गरिएको थियो ।