Swornakshar Logo

नेपालमा भारतीय नेताको आवत जावत बढ्दो

१५ असोज । काठमाडौं । नेपालमा भारतीय नेताको आवत जावत
बढिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला भारतीय नेता तथा विभिन्न एजेन्सीका प्रतिनिधिहरुको आवत जावत बाक्लिएको हो ।

केही दिनअघि मात्र भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयं सेवक संघका प्रचार प्रमुख अरुण कुमार नेपाल आएर फर्कि सकेका छन् ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको निमन्त्रणमा भारतका पूर्व विदेश मन्त्री एवम् काँग्रेस (आइ) का नेता सलमान खुर्सिद र भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता एवं राज्यसभाका सांसद डा. विजय सोनकर शास्त्री एक कार्यक्रममा भाग लिन नेपाल आएका छन् । शास्त्री हिजै नेपाल आएका थिए भने खुर्सिद आज आउँदैछन् । उनीहरु कार्यक्रममा भाग लिन आएपनि यहाँ उनीहरुले उच्चस्तरीय भेटघाट पनि गर्नेछन् ।

खुर्सिद २०७० सालमा दोस्रो संविधानसभा चुनावको मिति तय हुँदा पनि नेपाल आएका थिए । नेपालमा संविधानसभाको निर्वाचनको मिति तोकिएका सन्दर्भमा चुनावी वातावरण तयार पार्न आएको भनेर त्यतिबेला उनको आलोचना भएको थियो ।