Swornakshar Logo

महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैनः रोशनी शाही

१४ असोज । काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफू डिप्रेसनमा रहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दा आवेगमा आएर रिसले झुटो आरोप लगाएको बताएकी छिन् ।

सभामुख महरासँग लामो समयदेखि आफ्नो भेट नभएको र आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको स्पष्ट पार्दै नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी दिएकी छिन् । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि भएको छैन ।

त्यती मात्र नभइ उनले महरा आफ्नो बुवा सरहको भएको भन्दै आवेगमा आएर आफूले झुटो बाोलेको बताइन् । ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले भनिन्, ‘मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’

कर्मचारी समायोजनमा नमिलेपछि रिस उठिरहेको थियो । रिसको झोंकमा मैले के के बोले ती सबै गलत हुन्’, शाहीले भनिन्, ‘महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको थियो ।’

उनले आफू डिप्रेसनमा रहेको र डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन् । उनले भनिन् ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको छुँ । आमाको निधनपछि डिप्रेसनमा भएको बताइन् र नियमति औषधि सेवन गरिरहेको पनि स्पष्ट पारिन् ।