Swornakshar Logo

प्रहरीले सभामुख महरामाथि अनुसन्धान गर्ने

१४ असोज । काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार महिलाले उजुरी नदिएपनि महिलाको कोठामा भेटिएको प्रमाण नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पीडित भनिएकी महिलाबाट मौखिक उजुरी आएकाले प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । यसै क्रममा प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ ।

प्रहरीले महिला बस्ने घरको वरिपरीको सिसिटिभी फुटेज पनि संकलन सुरु गरेको बताइएको छ ।

महराले सभामुखबाट राजीनामा दिएपछि प्रहरीलाई यस घटनाबारे अनुसन्धान गर्न सहज भएको छ । यद्यपि पीडित महिलाको तर्फबाट लिखित उजुरी नआएसम्म बिस्तृत अनुसनधान सुरु हुन नसक्ने प्रहरीले बताएको छ ।