Swornakshar Logo

आरोप लागेका सभामुख महराले दिए राजीनामा

१४ असोज । काठमाडौं । मंगलवार सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । तर महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताउंदै उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार महराले सभामुख पदबाट मात्र राजीनामा दिएको खुलेको छ । तर सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् ।