Swornakshar Logo

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

१३ असोज । काठमाडौं । पूर्वी राल्पाको गुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा.लि.को उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले बताएको छ ।

बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट करिब २ सय मिटर तल लुंग्री खोलामा खसेको प्रहरीले बताए ।

मृत्यु हुनेमा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षिय सूर्यलाल जीएम रहेका छन् ।

बस दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

उद्धारको कार्य भइरहेको र के कति क्षति भयो खुल्न सकेको छैन ।