Swornakshar Logo

प्रधानमन्त्री ओलीले गरे मानवसेवा आश्रमका लागि १ करोड सहयोगको घोषणा

१२ असोज । काठमाडौं । प्रधानमन्त्री केपि ओलीले मानव सेवा आश्रमका लागि १ करोड सहयोगको घोषणा गरेका छन् । शनिबार दिउँसो भक्तपुरको कौशलटारमा भएको मानवसेवा आश्रम भक्तपुर शाखा गृहप्रवेश एवम् उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो रकम घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमको बारेमा पत्नी राधिका शाक्यबाट थाहा पाएपछि अभियन्ताहरुलाई बोलाएर सम्मान गरेको बताए । उनले सडकमा अलपत्र परेकाहरुलाई नयाँ जीवन दिने काम सरकारी तबरबाटभन्दा पनि हृदयबाट सेवाभाव उत्पन्न हुनेबाट प्रभावकारी हुने बताए ।

सरकारी तवरबाट यस्तो काम गर्दा कर्मचारीमा जागिरे मानसिकता हुने हुँदा वास्तविक सेवा प्रदान गर्न कठिनाइ हुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले मानवतावादी कामका लागि मानव सेवा आश्रमका लागि एक करोड सहयोग घोषणा समेत गरे ।

शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाई उद्दार गरि राखिएको छ । मानवसेवा आश्रमको शनिबार एक समारोहका बीच प्रधानमन्त्री ओलीले उद्द्घाटन गरेका हुन् । मानवसेवा आश्रमले सडकमा अलपत्र परेका मानिस हरुलाइ आश्रय दिन १४ जिल्लामा शाखा खोलेको छ ।