१० असोज । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७ हजार घुस रकमसहित आज दिउँसो पक्राउ गरेको छ । मौरीय पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत थिए ।
एक व्यक्तिसँग प्रतापपुर गाउँपालिका २ को एक किराना पसलमा पुगेर घुस लिदैं गर्दाको अवस्थामा मौरीय पक्राउ परेको सूचना अधिकारी सुरेश भूषालले बताए । प्रकाउ परेका मौरिया अख्तियारको कार्यालय बुटवलमा राखेर थप अुनसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…