Swornakshar Logo

तरुण दलले गर्यो सभापति शेरबहादुर देउवा विरुद्ध प्रदर्शन

१० असोज । काठमाडौं ।तरुण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध शुक्रबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको आन्तरिक विवादबारे पार्टी केन्द्रीय समितिमा छलफल हुने भएपछि अध्यक्षलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय अगाडि प्रदर्शन शुरु भएको छ
अध्यक्ष जितजङ बस्नेतलाई कारबाही गर्न माग गर्दै महासचिव भुपेन्द्रजंग बस्नेत समर्थक दरुण कार्यकर्ता केन्द्रीय कार्यालय अगाडि नाराबाजी गरिरहेका छन् ।

निर्धारित समयमा सभापति देउवा नपुगेपछि काँग्रेसले आजै दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक सुरु हुन सकेन। आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, विधान निर्माण तथा परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।