Swornakshar Logo

विप्लवका उपत्यका इन्चार्ज नविन पक्राउ

७ असोज । काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’सोमबार बानेश्वरबाट पक्राउ परेका छन् ।

नविन विश्वकर्मा ‘हितमान पूर्व राज्यमन्त्री समेत हुन् । उनको नाम नक्खु बम विस्फोटको घटनामा जोडिएको छ ।

यसअघि उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेका थिए । त्यसपछि उनी इन्चार्ज भएका थिए । लामालाई राष्ट्रिय अनुसन्धानको सूचनाको आधारमा अपराध महाशाखाले पक्राउ गरेको थियो ।