Swornakshar Logo

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भयो सम्झौतामा हस्ताक्षर

७ असोज । कठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) र चिनियाँ कम्युनिस्ट पार्टी बीच सहयोग र सद्भाव आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मङ्गलबार काठमाडौको एक होटलमा भएको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ, नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थियो । साथै अध्यक्षद्धयको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल ले सम्झौतापत्रमा हस्ताक्षरपछि हस्तान्तरण गरिएको थियो ।

नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टी सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौ आएका थिए । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको बताइएको छ ।

चिनियाँ टोली र नेकपाबीच सोमबार ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रमको उद्घाटन भएको थियो ।