Bagmati Samachar Logo

कक्षा ११ को नतिजा प्रकाशित

७ असोज । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा भएको कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समूहको परीक्षाफल एकैसाथ प्रकाशन गरेको छ । कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

विद्यार्थीहरुले नतिजा www.neb.edusanjal.com मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा www.neb.edusanjal.com बाट डाउनलोड गर्न र हेर्न सकिने छ ।