Swornakshar Logo

कर्णालीमा ५ दिन विद्युत् सेवा अवरुद्ध

६ असोज । काठमाडौं । कर्णाली प्रदेशका केहि जिल्लाहरुमा ५ दिन विद्युतीय सेवा अवरुद्ध हुने भएको छ । सुर्खेत, जाजरकोट र दैलेखमा फरक–फरक दिन विद्युतीय सेवा अवरुद्ध हुने भएको छ । कोहलपुरदेखि सुर्खेतसम्म एटी तथा एलटी लाइनको बुस कटिङ हुने भएकाले असोज ७ देखि ११ गतेसम्म विद्युतीय सेवा अवरुद्ध हुने नेपाल विद्युतीय प्राधिकरण सुर्खेत वितरण केन्द्रले बताएको छ ।

असोज ७ मा सुर्खेतको मंगलगढी चोकदेखि पश्चिमका क्षेत्रमा, ८ मा बुदबुदी सवस्टेसनदेखि सुब्वाकुनासम्म, ९ मा खजुरादेखि नेवारेसम्म र १०, ११ मा सुर्खेत, जाजरकोट र दैलेखका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले बताएको छ ।

नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीका अनुसार ‘विद्युत सेवा अवरुद्ध हुने क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत नआउने र विद्युतको केही अपग्रेडिङ गर्नुपर्ने भएकाले अवरुद्ध हुन लागेको हो ।’विद्युत सेवाको मर्मत र निर्माण कार्य हुने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले बताए ।