Swornakshar Logo

असइ सुन तस्करीमा मुछिएपछि फरार

५ असोज । काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असइ) सुन तस्करी र उपत्यकामा हुने लुटपाटका घटनामा संलग्न भएको प्रमाण फेला परेलगत्तै जागिर छाडेर भागेका छन् ।

गत शुक्रवारदेखि असइ प्रितम लामा प्रहरी सम्पर्कबाट बेपत्ता भएको परिसर श्रोतले बताएको छ ।

सुन तस्करी र लुटपालमा असइ प्रितम लामा नाम मुछिएपछि प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेको थियो ।

लामा सात वर्षदेखि काठमाडौ प्रहरी परिसरमा सादा पोशाकमा घुमुवा प्रहरीका रुपमा कार्यरत थिए ।

उनलाई उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै केही दिनअघिमात्र वढुवा गरिएको थियो । हवल्दारवाट भर्खरै असइ भएका लामा परिवारको सम्पर्कमा समेत नरहेको प्रहरीले बताएको छ ।

राम्रो काम गरेको भन्दै भर्खरे वढुवा भएका थिए तर सुन तस्करी र लुटपाटमा संलग्न रहेछन्, यसबारे अनुसनधान थालेपछि फस्ने डरले जागिर नै छाडेर भागेको परिसर श्रोतले बतायो ।