Swornakshar Logo

दाइलाई खुकुरी प्रहार गरेर आत्महत्या

५ असोज । काठमाडौं । सन्दकपुर गाउँपालिका–१ माइपोखरी, इलामका बुद्ध राईले आफ्नो दाइलाई खुकुरी प्रहार गरेका छन् ।

४५ वर्षका बुद्ध राईले ६४ वर्षीय आफ्नो दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेका हुन् । बुद्ध राईले दाइलाई खुकुरी प्रहार गरि घाइते बनाएलगत्तै आत्महत्या गरेका हुन् ।

घाइते विष्णुको इलाम अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि झापा लगिएको प्रहरीले बताएको छ । के कारणले दाइलाई खुकुरी प्रहार गरे भन्ने खुलेको छैन ।